Logo

Apr 29 2024 | २०८१, वैशाख १७गते

images

साउनदेखि फागुन मसान्तसम्म ३९ अर्ब बढीले नगद प्रवाह वृद्धि 


नया सडक

२०८०, चैत १३ मंगलबार

  • 321
    Shares

  • साउनदेखि फागुन मसान्तसम्म ३९ अर्ब बढीले नगद प्रवाह वृद्धि 

    काठमाडौं । चालु आर्थिक वर्षको आठ महिना  फागुन मसान्तसम्मको अवधिमा बजारमा ६ खर्ब ६४ अर्ब ८७ करोड ८८ लाख ९ हजार ८३५ रुपैयाँ रहेको छ ।गत वर्षको तुलनामा यो अवधिमा ३९ अर्ब ९ करोड रुपैयाँले नगद प्रवाह बढेको हो  ।

    images

    नेपाल राष्ट्र बैंकका अनुसार २०८० फागुन मसान्तसम्ममा कूल नगद प्रवाह ६ खर्ब ६४ अर्ब ८७ करोड ८८ लाख ९ हजार ८३५ रुपैयाँ छ । जुन गत असारसम्मको नगद प्रवाहको तुलनामा ३९ अर्ब ९ करोड ९ लाख ३७ हजार ३०५ रुपैयाँ बढी हो ।२०८० असार मसान्तसम्मममा बजारमा परिचालित कूल नगद प्रवाह ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख ७२ हजार ५३० रुपैयाँ  थियो । आर्थिक गतिविधि बढ्न थालेसँगै बजारमा नगद प्रवाह बढ्ने गर्छ ।

    केन्द्रीय बैंकका अनुसार अहिले बजारमा १, २, ५, १०, २०, २५, ५०, १००, ५००, १००० रूपैयाँ दरका नोट चलन चल्तीमा छन् । चलन चल्तीमा देखाइएको रकम व्यक्ति, संस्था वा बैंक तथा वित्तीय संस्थामा भएको कुल नगद परिमाण हो ।सो अवधिमा परिचालित नगद प्रवाह कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा १२.३५ प्रतिशत हो । केन्द्रीय तथ्याङ्क कार्यालयका अनुसार नेपालको पछिल्लो जीडीपीको आकार ५३ खर्ब ८१ अर्ब ७३ करोड रुपैयाँ बराबर छ ।

    फागुन मसान्तसम्म  विदेशी मुद्रा प्रदाय सम्पत्ति भने ३ खर्ब ८ अर्ब ३१ करोड ५४ लाख रुपैयाँले बढेको छ । फागुन मसान्तसम्ममा यस्तो सम्पत्ति १७ खर्ब ५२ अर्ब ३० करोड ५० लाख ९० हजार पुगेको छ । गत असारमा १४ खर्ब ४३ अर्ब ९८ करोड ९६ लाख ४४ हजार ३१ रुपैयाँ थियो ।

    फागुनसम्म विदेशी मुद्राको दायित्व ९१ करोड ७२ लाख ३५ हजार रुपैयाँले बढेर ४६ अर्ब ३८ करोड ६ लाख ५९ हजार पुगेको छ । यसैगरी  स्वदेशी मुद्राको दायित्व पनि २ खर्ब ८ अर्ब ४३ करोड ६६ लाख रुपैयाँले बढेर १२ खर्ब ८१ अर्ब १४ करोड ७७ लाख ३० हजार रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस