Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत सापकोटा र भन्सार अधिकृत शर्मा विरुद्ध अख्तियारद्वारा मुद्दा दायर


नया सडक

२०८०, चैत १३ मंगलबार

  • 918
    Shares

  • विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत सापकोटा र भन्सार अधिकृत शर्मा विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

    काठमाडौं । विराटनगर भन्सार कार्यालयका तत्कालीन  प्रमुख  भन्सार अधिकृत र भन्सार अधिकृत विरुद्ध अख्तिायर दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

     विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत तारा प्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्माले  भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज मंगलबार मुद्दा दायर गरेको हो ।

     विराटनगर भन्सार कार्यालयमा कार्यरत रहँदा सापकोटा र शर्माले मिलेमतो गरी चीनबाट आयात गरिएको सामानको प्रज्ञापन पत्र नम्बर एम ७२६लाई दर्ता गरेपछि त्यसलाई सिस्टमबाटै हटाएर अनियमितता गरेको अख्तियारले ठहर गरेको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा सापकोटा र शर्माले आयातकर्तासँग मिली राजस्व चुहावट गरेको तथा अनुचित लाभ लिएको निष्कर्ष निकाल्दै सापकोटा र शर्मा विरुद्ध ८४ लाख ५५ हजार ६ सय ५ रुपैयाँ बिगो र सजाय मागदाबी गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

    यसैगरी अख्तियारले  देव इन्टरनेशनलका सञ्चालक शेरबहादुर बस्नेत र भन्सार एजेन्ट शरणकुमार खरेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    यस्तो छ अख्तियारद्वारा जारी विज्ञप्तिको पूर्णपाठ (हेर्न यहाँ क्लिक गर्नुहोस)

     

    प्रतिक्रिया दिनुहोस