Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

रोजगारी र उत्पादन बढाउने खालका कार्यक्रम बनाउन राष्ट्रिय योजना आयोगलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

रोजगारी र उत्पादन बढाउने खालका कार्यक्रम बनाउन राष्ट्रिय योजना आयोगलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले  राष्ट्रिय योजना आयोगलाई उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न  निर्देशन दिएका छन।प्रधानमन्त्री कार्यालयमा मंगलबार राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्यलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले विद्यमान समस्या समाधान गर्नेगरी योजना तयार गर्न निर्देशन दिएका हुन् ।

    त्यसबेला उत्पादन र रोजगारी कम  हुनु देशको प्रमुख समस्या भएको जनाउँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको हरेक क्षेत्रमा समस्या देखापर्ने, एक क्षेत्रको समस्या समाधान गर्न खोज्दा अर्को क्षेत्रमा समस्या झन बल्झिने अवस्थालाई सम्बोधन गर्न जरूरी रहेको  जनाएका थिए ।

    प्रचण्डले आयोगको नयाँ  टिमले राष्ट्रिय योजना आयोगको काम–कारवाहीलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउने विश्वास व्यक्त गरे ।सोह्रौँ योजनाको कार्यान्वयन अन्तिम चरणमा पुगेका योजनालाई अन्तिमरूप दिन र योजनामा प्रस्ताव गरिएका रणनीति र कार्यक्रमलाई आगामी वर्षको बजेट निर्माणको क्रममा समावेश गर्न आयोगलाई प्रधानमन्त्री प्रचण्डले निर्देशन दिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij