Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

फिफा विश्वकप र एएफसी एसिया कप छनोट : नेपाल बहराइनसँग पुनः पराजित


नया सडक

२०८०, चैत १४ बुधबार

  • 309
    Shares

  • फिफा विश्वकप  र  एएफसी एसिया कप   छनोट : नेपाल बहराइनसँग पुनः पराजित

    काठमाडौँ ।फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ छनोटको दोस्रो चरणको  चौथो खेलमा नेपाल बहराइनसँग पराजित भएको छ ।

    images

    बहराइनको रिफास्थित नेशनल स्टेडियमा आज बिहान भएको खेलमा नेपाल बहराइनसँग तीन–शून्य गोलअन्तरले पराजित भएको हो । बहराइनको जितमा सायद बाकर, अब्दुल्लाह युसुफ र कोमाइल इल्सवादले समान एक–एक गोेल गरे ।

    समूह एचमा रहेको नेपालको यो लगातार चौथो हार हो । यही चैत ८ गते बहराइनमै भएको खेलमा नेपाल बहराइनसँग पाँच–शून्य गोलअन्तरले पराजित भएको थियो । त्यसअघि नेपालले युएईविरुद्ध चार–शून्यको हार बेहोरेको थियो भने यमनसँग दुई–शून्यले पराजित भएको थियो ।

    नेपाल चार खेलमा अङ्कविहीन रहँदै समूहको अन्तिम स्थानमा छभने युएई १२ अङ्कसहित समूहको शीर्षस्थानमा छ । नौ अङ्क बटुल्दै बहराइन दोस्रो र यमन तीन अङ्कसहित अङ्कतालिको तेस्रो स्थानमा छ । अब नेपालले छनोटका बाँकी दुई खेलमा युएई र यमनको सामना गर्नेछ ।रासस

    प्रतिक्रिया दिनुहोस