Logo

May 15 2024 | २०८१, जेठ २गते

images

पहिलो जननिर्वार्चित संसदले तोकेको राँगोको भन्सार राजस्व अहिले १ लाख बढी प्रतिशतले बढ्यो  


नया सडक

२०८०, चैत १४ बुधबार

  • 342
    Shares

  • पहिलो जननिर्वार्चित संसदले तोकेको राँगोको भन्सार राजस्व  अहिले १ लाख बढी प्रतिशतले बढ्यो  

    काठमाडौं । पहिलो संसदले तोकेको राँगोको भन्सार राजस्व १ लाख बढी प्रतिशतले बढेको छ । अहिले भारतबाट पैठारी गरिने १ राँगोको भन्सार राजस्व ५ हजार ३सय ३३ बढी तोकिएको हो ।उतिखेर भैसी राँगाको निकासी पैठारी मूल्य दर बराबर थियो । 

    images

    ६३ वर्ष पहिले तत्कालीन राजा महेन्द्रको छैटौँ वर्षको शासन कालमा संसदले बनाएको भंसार महसूल ऐन २०१७मा भैंसीको निकासी र पैठारी दुवै मूल्य ५ रुपैयाँ  तोकिएको थियो ।

    यो ऐन नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला प्रधानमन्त्री भएका बेला जनताबाट निर्वाचित पहिलो संसदले बनाएको थियो ।भारतमा निकासी गर्न र भारतबाट पैठारी गर्न यो मूल्य तोकिएको सो ऐनमा उल्लेख छ ।

    bhansar shot.png

    चालु आर्थिक वर्ष २०८०/०८१को पहिलो आठ महिना फागुनसम्मको वैदेशिक व्यापारसम्बन्धी प्रतिवेदन अनुसार १५ राँगोको भन्सार राजस्व ८० हजार असुल गरिएको छ ।

    यस आधारमा एक राँगोको भन्सार राजस्व ५ हजार ३ सय ३३ रुपैयाँ चानचुन हुन आउँछ । २०१७को अषाढ महिनामा तोकिएको भैंसीको पैठारी मूल्य ५ रुपैयाँलाई अहिलेको पैठारी मूल्य घटाएर ५को सन्दर्भ मानी हिसाब निकाल्दा यो मूल्य १ लाख ६ हजार ५सय ६० प्रतिशत हुन आउँछ ।

    भैंसी राँगोको मूल्यको यो साधारण हिसाबको आधारमा पहिलो निर्वाचित संसदबाट अहिलेको संसदको भन्सार मूल्यको अध्ययन गर्दा यस्तो देखिएको हो । अहिले निकासी पैठारी सूची संख्या नै धेरै विशाल हुन पुगेको छ । त्यतिखेर नेपाल गजेटको दुई तीन पानामा पैठारी सूची अनुसूचीको रूपमा समावेश गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस