Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

चालु वर्षको फागुन मसान्तसम्म विदेशी लगानी प्रतिबद्धता गत वर्षको तुलनामा बढ्यो


नया सडक

२०८०, चैत १४ बुधबार

  • 663
    Shares

  • चालु वर्षको फागुन मसान्तसम्म विदेशी लगानी प्रतिबद्धता गत वर्षको तुलनामा बढ्यो

    काठमाडौं । चालु वर्षको फागुन मसान्तसम्म विदेशी लगानी प्रतिबद्धता गत वर्षको तुलनामा  बढेको छ ।  साउनदेखि फागुन मसान्तसम्मको आठ महिनामा डेढ   खर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता   आएको  हो । 

    उद्योग विभागका अनुसार फागुन मसान्तसम्म १ खर्ब ५५ अर्ब रुपैयाँ बराबेका कुल लगानी प्रतिबद्धता आयो ।

    उद्योग विभागका अनुसार फागुन महिनामा मात्र २ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको  हो । 

     अघिल्लो वर्षको फागुनसम्म १ अर्ब २७ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।  

    यस वर्ष फागुनसम्म वैदेशिक लगानी प्रतिबद्धता भने २९ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । गत वर्षै फागुनसम्म २७ अर्ब ७७ करोड रुपैयाँ वैदेशिक लगानी प्रस्ताव आएको थियो ।

    विभागका अनुसार यस वर्ष फागुनसम्म स्वदेशी तथा विदेशी २५८ वटा उद्योग दर्ता भएका छन् । यसमध्ये ठूला उद्योगको संख्या ३२ रहेको छ ।

    मझौला उद्योग २२ र साना उद्योगको दर्ता २०४ रहेको विभागले जनाएको छ । यस वर्ष दर्ता भएका स्वदेशी उद्योगले १८ हजार १५३ रोजगारी दिन सक्ने उल्लेख छ ।

    विदेशी लगानी तर्फ फागुनसम्म कुल २५३ वटा उद्योग दर्ता भएका छन् । यी उद्योगले १३ हजार १६९ रोजगारी सिर्जना गर्न सक्ने देखिएको छ । वैदेशिक लगानी फागुन महिनामा मात्र ६ अर्ब ४७ करोड आएको छ ।

    प्रतिक्रिया दिनुहोस