Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरको अनुमान घटायो , आर्थिक वृद्धि ३.३ प्रतिशत हुने प्रक्षेपण


नया सडक

२०८०, चैत २० मंगलबार

  • 510
    Shares

  • विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरको अनुमान  घटायो , आर्थिक वृद्धि ३.३ प्रतिशत हुने प्रक्षेपण

    काठमाडौं ।  सरकारले चालु आव ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको  बेला  विश्व बैंकले  चालु आर्थिक वर्ष २०८१/८१ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै विश्व बैंकले  यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो ।  

    गत जनवरी (पुस) मा विश्व बैंकले नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेकोमा अहिले केही घटाएको हो । गत आव २०७९/८० मा नेपालको आर्थिक वृद्धि २.२ प्रतिशत थियो 

    आगामी आव नेपालको अर्थतन्त्र ४.६ प्रतिशतले विस्तार हुने प्रक्षेपण समेत गर्दै   विश्व बैंकले  सन् २०२६ मा भने ५.३ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ  ।

    यो वर्ष मूल्यवृद्धि ६.७ प्रतिशतमा सीमित हुने तथा आगामी वर्षहरूमा क्रमशः ६ प्रतिशत र ५.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण छ । विश्वमा तेलको मूल्यमा कमी आउने अपेक्षा भएकाले नेपालको मूल्यवृद्धि पनि नियन्त्रणमा रहने अपेक्षा गरिएको छ ।

    त्यसैगरी चालु खाता यो वर्षका साथै आगामी दुई वर्ष पनि नाफामै रहने प्रक्षेपण विश्व बैंकले गरेको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस