पोखरा।प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। मंगलबार मुख्यमन्त्री निवासमा पोखरामा उपलब्ध सांसदहरुसँग पाण्डेले छलफल गरेका थिए।
केहीबेर पछि उनले प्रदेश प्रमुख डिल्लीराज भट्टराईसमक्ष राजीनामा बुझाउँदैछन्।
मुख्यमन्त्री पाण्डलेले बिहीबार (भोलि)सम्म विश्वासको मत लिनुपर्ने थियो। विश्वासको मत लिने वातावरण नभएपछि उनी राजीनामा दिने मनस्थितिमा पुगेका हुन्।