Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

नेपाली चाडपर्व, उत्सव तथा जात्राको व्यावसायिककरण गर्दै  होटल संघ नेपाल


नया सडक

२०८०, चैत २३ शुक्रबार

  • 759
    Shares

  • नेपाली चाडपर्व, उत्सव तथा जात्राको व्यावसायिककरण गर्दै  होटल संघ नेपाल

    काठमाडौं । नेपालका चाडपर्व, उत्सव तथा जात्राको व्यवसायिककरण गरी पर्यटन व्यवसाय विस्तारको प्रयास गरिएको छ । यसका लागि होटल संघ नेपालले सातै प्रदेशका चाडपर्व, उत्सव तथा जात्रा समेटेर नयाँ वर्षको टेबुल क्यालेण्डर सार्वजनिक गरेको हो । 

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले सो क्यालेण्डरलाई एक कार्यक्रममा  सार्वजनिक  पनि गरिसकेका छन् ।क्यालेण्डर सार्वजनिक कार्यक्रममा संघका अध्यक्ष विनायक शाहले पर्यटन विस्तार र प्रवद्र्धनका लागि संघ प्रयास गरिरहेको बताए । उनले  अन्तर्राष्ट्रिय पर्यटन बजारबाट नेपालको चाडपर्व तथा जात्राबारे सोधपुछ हुने गरेकाले क्यालेण्डर प्रकाशित गरिएको बताए ।

    सो क्यालेन्डर स्वदेशी तथा विदेशी प्रतिष्ठित टूर अपरेटरका साथै गैरआवासीय नेपाली संगठन तथा विदेशीस्थित नेपाली नियोगहरु मार्फत पनि वितरण गरिने छ । पर्यटन व्यवसायमा विभिन्न चाडपर्व , उत्सव र जात्राहरूको समयलाई ध्यान दिइ प्याकेज बनाइ सेवा बिक्री गर्ने गरिन्छ । अन्तर्राष्ट्रिय पर्यटकहरुको नेपाली मौलिक चाडपर्व जात्रा प्रतिबढ्दै गएको आकर्षण सम्बोधन गर्ने प्रयासको रूपमा क्यालेण्डर सार्वजनिक गरिएको छ । हानले विभिन्न प्रदेशहरूको उत्सव र पर्वहरूको बजारीकरण गर्ने विषयमा थप पहल गर्ने योजना बनाएको यसका पदाधिकारीहरू बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस