Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

माओवादी केन्द्रका जोखबहादुर महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा  नियुक्त


नया सडक

२०८०, चैत २३ शुक्रबार

  • 351
    Shares

  • माओवादी केन्द्रका जोखबहादुर महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा  नियुक्त

    काठमाडौं ।  नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा  नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

    images

    उनलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले बिहीबार राजीनामा दिएपछि महराले लुम्बिनी प्रदेशका ५ दलका ४७ र एक स्वतन्त्रसहित ४८ जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए ।

    महरालाई एमालेका २७, माओवादीका १०, नागरिक उन्मुक्तिका ४, जसपाका ३, नेकपा एकिकृत समाजवादीका १ र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन प्राप्त भएको छ । मुख्यमन्त्रीको सपथ भने आइतबार दिउँसो १ सपथग्रहण गराउने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस