Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

जुम्लाको चन्दननाथमा  १५ शय्याको आयुर्वेद अस्पताल बनाइने


नया सडक

२०८०, चैत २४ शनिबार

  • 432
    Shares

  • जुम्लाको चन्दननाथमा  १५ शय्याको आयुर्वेद अस्पताल बनाइने

    जुम्ला ।जुम्लाको चन्दननाथ नगरपालिका–१० स्थित बोहोरा गाउँमा रु १२ करोडको लागतमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुने भएको छ । 

    कर्णाली प्रदेशअन्तर्गतको आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्न स्रोत सुनिश्चित गरी ठेक्का आव्हान भएपछि अस्पताल निर्माणको काम अगाडि बढेको चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले बताउनुभयो ।

    आयुर्वेद स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्न सङ्घीय सरकारले बजेट विनियोजन गरेकाले अब ठेकेदार चयनलगायत प्रक्रिया शीघ्र पूरा गरेर निर्माण थालिने उहाँले जानकारी दिनुभयो । अस्पताल भवन बहुवर्षीय ठेक्कामा बनाइने छ । नगरप्रमुख कठायतका अनुसार भवनका लागि चालु आर्थिक वर्षमा रु तीन करोड विनियोजन भएको छ । बहुवर्षीय ठेक्काको अवधि बढीमा तीन वर्षको हुनेछ । रासस

    प्रतिक्रिया दिनुहोस