Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

साताको शेयर बजार : नेप्से परिसूचक १.५५ प्रतिशतले घट्यो , १३ अर्बभन्दा बढीको कारोबार


नया सडक

२०८०, चैत २४ शनिबार

  • 540
    Shares

  • साताको शेयर बजार : नेप्से परिसूचक १.५५ प्रतिशतले घट्यो , १३ अर्बभन्दा बढीको कारोबार

    काठमाडौं । यो साताको कारोबारमा नेप्से परिसूचक १ दशमलव ५५ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ३५ दशमलव ६४ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन भने २ हजार ४ दशमलव शून्य ५ विन्दुमा झरेको हो । 

    यो साता पाँच कारोबार दिन नै बजार घटेको छ । बजार सञ्चालकले दिएको तथ्याङ्कलाई हेर्दा पहिलो कारोबार दिन १७ दशमलव ३० अंकले घटेको बजार दोस्रो दिन ६ दशमलव २६ अंक, तेस्रो दिन १ दशमलव ८५ अंक, चौथो दिन ३ दशमलव ४३ अंक र पाँचौं दिन २ दशमलव ७३ अंक परिसूचक घटेको हो । अंकको आधारमा गत साताभन्दा यो साता नेप्से परिसूचक ३१ दशमलव ५९ अंक तल झरेको हो ।यो साता बजार घटे पनि कारोबार रकम भने ४३ दशमलव २९ प्रतिशत बढेको छ । गत साता ९ अर्ब ७३ करोड २३ लाख रुपैयाँभन्दा बढीको २ करोड ६५ लाख ६४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता १३ अर्ब ९४ करोड ५२ लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको हो । गत साताको तुलनामा यो साता कारोबार रकम ४ अर्ब २१ करोड २९ लाख रुपैयाँभन्दा बढी र कारोबार कित्ता ८२ लाख ५९ हजारभन्दा बढी भएको हो । 

    प्रतिक्रिया दिनुहोस