Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

इलाम क्षेत्र नं २ उपनिर्वाचनः छजनाको मनोनयन दर्ता


नया सडक

२०८०, चैत २४ शनिबार

  • 558
    Shares

  • इलाम क्षेत्र नं २ उपनिर्वाचनः छजनाको मनोनयन दर्ता

     

    इलाम । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि केहीबेर अघिसम्म छजनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । 

     

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी मनोनयन दर्ता गराउनेमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० र नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का साझा उम्मेदवार सुहाङ नेम्बाङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ , नेपाल मजदुर किसान पार्टीका श्याम दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, पहिचानवादीका तर्फबाट डकेन्द्र सिंह थेगिम र नेकपा ९एकीकृत समाजवादी० का जीतबहादुर राई रहेका छन् । 

     

    सवै उम्मेदवारले बाँजागाँजा र झाँकीसहित निर्वाचन कार्यालयमा गइ उम्मेदवारी दर्ता गराएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेसलगायत दलका उम्मेदवारले पनि उम्मेदवारी दर्ता गर्ने तयारी छ । इलाम क्षेत्र नं २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता भइरहेको हो ।रासस

     

    प्रतिक्रिया दिनुहोस