Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

यी हुन भारतीय अर्बपतिहरू...


२०८०, चैत २५ आइतबार

  • 612
    Shares

  • यी हुन भारतीय अर्बपतिहरू...

    काठमाडौं । संसारका अर्बपतिहरूको सूची सार्वजनिक गर्ने फोर्ब्सले चालु वर्ष २०२४ का लागि अर्बपतिहरूको सूची सार्वजनिक गरेको छ, जसमा धेरै भारतीय अर्बपतिहरूको सम्पत्ति बढेको छ । मुकेश अम्बानी एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । जबकि, गौतम अडानी भारतका दोस्रो धनी व्यक्ति हुन् ।

    यीसँगै केही अन्य धनी व्यक्तिको सम्पत्ति पनि बढेको छ, जसका कारण उनीहरू फोर्ब्स अर्बपतिको सूची ९फोर्ब्स बिलिनायर लिस्ट २०२४० मा परेका छन् । यसमा एकजना छन् रमेश कुन्हीकन्नन ।रमेशको नाम पहिलो पटक फोर्ब्सको अर्बपति सूचीमा परेको छ । रमेशले विश्वका अर्बपतिहरूको सूचीमा आफ्नो स्थान बनाएका छन्, जसमा इलन मस्क, जेफ बेजोस र मुकेश अम्बानी जस्ता धेरै दिग्गजहरू समावेश छन् ।चन्द्रयान अन्तरीक्षमा पुग्न सफल भएपछि ६० वर्षका रमेशले अर्बपति सूचीमा परेर यो उपलब्धि हासिल गरेका हुन् । उनको कुल सम्पत्ति १ अर्ब २० करोड अमेरिकी डलर ९लगभग (खर्ब भारु)छ ।

    को हुन् रमेश कुन्हीकन्नन ?

    रमेश केन्स टेक्नोलोजी कम्पनीका प्रबन्ध निर्देशक र संस्थापक हुन् । इलेक्ट्रोनिक्स उत्पादन कम्पनीको मुख्यालय मैसुर भारतमा छ । रमेशले सन् १९८८ मा नेसनल इन्जिनियरिङ, मैसुरबाट स्नातक उपाधि हासिल गरेपछि यो कम्पनी सुरु गरेका थिए । तर, हाल यस कम्पनीको अध्यक्ष उनकी पत्नी सविता रमेश छिन् । चन्द्रयान.३ का लागि खेलेका थिए प्रमुख भूमिका

    चन्द्रयान.३ मिसनका लागि रमेशले महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले चन्द्रयान.३ को रोभर र ल्यान्डर दुवैका लागि बिजुली उत्पादन गर्न आपूर्ति विद्युत प्रणाली डिजाइन गरे र अगस्ट २०२३ मा भारतको ऐतिहासिक चन्द्रयान.३ को सफल अवतरणमा प्रमुख भूमिका खेले । आईएसआरओको चन्द्रयान(३ मिसन लगभग ६ अर्ब १५ करोड भारुको थियो ।

    सेयर बढेसँगै बढ्यो सम्पत्ति

    केन्स टेक्नोलोजी कम्पनीमा रमेशको ६४ प्रतिशत सेयर छ । चन्द्रयान.३ को सफलतापछि यस कम्पनीको सेयरमा उल्लेख्य वृद्धि भएको छ ।साथै, यो कम्पनी नोभेम्बर २०२२ मा सेयर बजारमा आएको थियो । त्यसयता यस कम्पनीको सेयर मूल्य तीन गुणाले बढेको छ । यस्तो अवस्थामा कुन्हीकन्ननको सम्पत्ति बढेर १ अर्ब २० करोड डलर पुगेको छ । एजेन्सी

    प्रतिक्रिया दिनुहोस