Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

डिप्रोक्स लघुवित्तको साधारण सभा आज


२०८०, चैत २५ आइतबार

  • 660
    Shares

  • डिप्रोक्स लघुवित्तको साधारण सभा आज

    काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २२औं वार्षिक साधारण सभा आज बस्दैछ । सभा चितवनको पार्क सफारी रिसोर्ट सौराहामा बिहान १० बजेदेखि सुरु हुनेछ ।

    सभाले चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने रकम १५ करोड ५१ लाख ८ हजार ८१६ रुपैयाँ बराबरको बोनस सेयर र ०.५२६३२ प्रतिशतले हुन आउने रकम ८१ लाख ६३ हजार ६२१ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत्र १५ गते बुक क्लोज गरिसकेको छ । जसअनुसार चैत्र २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनी मात्रै सभामा भाग लिन योग्य हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस