काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरूद्ध पदीय मर्यादा विपरीतका कार्यहरू गरी भ्रष्टाचार गरेको आरोपसहितको मुद्दा ायर गरेको छ ।
भट्टराईले कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोपराइटरबाट घुस रकम लिई आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डुमा जग्गा खरिद गरेको ठहर गरी मुद्दा दायर गरिएको हो ।
अख्तियारले भट्टराईकी आमा जनक नन्दनीलाई पनि छोराको मतियारको रुपमा कसुरदार ठहर गर्दै उनको नामको जग्गा जफत र बराबार बिगो र कैद सजाय मागदाबी गरेको छ ।दुवैका लागि ८० लाख रुपैयाँ बिगो कायम गरिएको छ ।