Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

विवादास्पद व्यवसायी विमल पोद्दारका ‘मुन्सी’ मालचन्द अग्रवालको हार्डवेयर/सेनेटरीदेखि मार्बल/ग्रेनाइटसम्म शंकस्पद लगानी


२०८०, चैत २५ आइतबार

  • 1.6k
    Shares

  • विवादास्पद व्यवसायी विमल पोद्दारका ‘मुन्सी’ मालचन्द अग्रवालको हार्डवेयर/सेनेटरीदेखि मार्बल/ग्रेनाइटसम्म शंकस्पद लगानी

    काठमाडौं । विवादास्पद व्यवसायी विमल पोद्दारका ‘मुन्सी’ मालचन्द अग्रवालको शंकास्पद लगानी पाइएको छ । लामोसमय विवादस्पद व्यवसायी विमल पोद्दारका मुन्सी रही केही व्यापारमा पार्टनरसमेत रहेका मालचन्द अग्रवालको सेनेटरी ,हार्डवेयरदेखि मार्बल/ग्रेनाइटसम्ममा शंकस्पद लगानी पाइएको हो ।
    समाचार स्रोतका अनुसार मालचन्द अग्रवालले  ललितपुरस्थित हरिसिद्धीमा रहेको शक्ति हार्डवेयर , ललितपुरकै नख्खु दोबाटोमा शक्ति मार्बल र काभ्रेको बनेपास्थित मनकामना हार्डवेयरमा शंकास्पद लगानी गरेका छन् । उनी पोद्दारसंग छुटेको केहि वर्ष भयो ।

    उनले ललितपुरका दुई पसल आफैले सञ्चालन गरेका छन् । हरिसिद्धीमा रहेको शक्ति हार्डवेयरमा उनका जेठा छोरा बस्ने गर्छन् भने नख्खु दोबाटोको पसलमा भने उनका आफन्त र छोराले हेर्ने गर्दछन् । यता काभ्रेस्थित बनेपाको मनकामना हार्डवेयर भने उनका ज्वाइँ साजन अग्रवालले कमान्डिङ गर्दछन् । मालचन्द अग्रवालको यसका अलावा अन्य क्षेत्रमा लगानी रहेको बताइएको छ ।
    को हुन् विमल पोद्दार?
    २०७४ सालको ३३ किलो सुन प्रकरण  र गत मंसिरमा १४ किलो सुन प्रकरणमा तानिएका आरोपित व्यवसायी हुन् विमल पोद्दार ।
    प्रहरीले अनुसन्धान गरिरहेको हुण्डी र क्रिप्टोकरेन्सी कारोबारमा पनि उनलाई पक्राउ पूर्जी जारी गरिएको बताइन्छ । कालिकास्थानमा सिल्भरसिटी अपार्टमेन्ट र द एड्रेस लाउन्ज रेष्टुरेन्ट पोद्दारले सञ्चालन गर्दै आएका छन् ।
    २०७४ मा ३३ किलो सुन प्रकरण छानबिनका लागि सरकारले गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय समिति बनाएको थियो । समितिको अनुसन्धानका क्रममा व्यवसायी पोद्दार ६ असार २०७५ मा पक्राउ परेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस