Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

आज घोडेजात्रा, उपत्यकामा सार्वजनिक बिदा


नया सडक

२०८०, चैत २६ सोमबार

  • 501
    Shares

  • आज घोडेजात्रा, उपत्यकामा सार्वजनिक बिदा

    काठमाडौं। आज घोडेजात्रा पर्व विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा मनाउने परम्परा छ ।टुँडिखेलको पूर्व–दक्षिणमा रहेको रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसको भयसँग जोडेर जात्राको प्रारम्भ गरिएको धार्मिक विश्वास छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा नेपाली सेनाका तर्फबाट आज सैनिक मञ्च टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतका विभिन्न प्रदर्शनी गरिंदैछ ।

    समारोहमा उपराष्ट्रपतिलगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहनेछ । समारोहमा विभिन्न विधाका घोडा दौड प्रतियोगिता हुनेछ । परम्परालाई कायम राख्न तथा संस्कृतिको संरक्षण गर्न नेपाली सेनाले घोडाका रोमाञ्चक कला प्रदर्शन गर्दै आएको छ ।

     

    प्रतिक्रिया दिनुहोस