काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले १० प्रतिशत लाभांश घोषणा गरेको छ । यस बैंकको शुक्रबारबसेको सञ्चालक समिति बैंठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ९.५०७९ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५००४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र मितेरीको आगामी साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।