Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

लाभांश पारित गर्न ग्रीन डेभलपमेन्ट बैंक र सगरमाथा लुम्बिनी इन्स्योरेन्स साधारण सभा आज


२०८०, चैत २७ मंगलबार

  • 501
    Shares

  • लाभांश पारित गर्न ग्रीन डेभलपमेन्ट बैंक र सगरमाथा लुम्बिनी इन्स्योरेन्स साधारण सभा आज

    काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न मंगलबार ग्रीन डेभलपमेन्ट बैंक र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) साधारण सभा बस्दैछ । ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफा तथा संचित मुनाफा रकम समेतबाट बैंकको हाल कायम चुक्ता पूँजीको ३।८ प्रतिशतका दरले हुन आउने १ करोड ९७ लाख २२ हजार रुपैयाँ बोनस सेयर तथा ०।२० प्रतिशतले हुन आउने १० लाख ३८ हजार रुपैयाँ नगद लाभांश ९कर प्रयोजनार्थ० वितरण गर्ने घोषणा गरेको छ ।

    घोषित लाभांश पारित गर्न यस बैंकको दशौं तथा एघारौं वार्षिक साधारण सभा यस दिन मेजेष्टिक लेक फ्रन्ट होटेल एण्ड सुइट, पोखरा ६–कास्कीमा बिहान ११ बजेदेखि बस्दैछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस बैंकले चैत्र ९ गते बुक क्लोज गरिसकेको छ । जसअनुसार चैत्र ८ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

    यस्तै, सलिकोले सञ्चालक समितिले सिफारिस गरेअनुसार गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने १३ करोड ११ लाख ३१ हजार ९१० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    प्रस्तावित लाभांश पारित गर्न कम्पनीको काठमाडौं डिल्लीबजारस्थित अमृतभोग क्याटरिङ्गमा बिहान १० बजेदेखि सभा सुरु हुनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले चैत्र १३ गते बुक क्लोज गरिसकेको छ । जसअनुसार चैत्र १२ गतेसम्म कायम सेयरधनी साभामा भाग लिन तथा लाभांश पाउन योग्य हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस