Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित


२०८०, चैत २७ मंगलबार

  • 855
    Shares

  • नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित हुनुभएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको ७३ औं वार्षिक साधारणसभाबाट अग्रवाल अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । उहा“ यसअघी चेम्बरको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । दुई दशकदेखि चेम्बरमा आवद्ध अग्रवालको उद्योग वाणिज्य क्षेत्रमा ४० वर्ष लामो व्यवसायिक अनुभव रहेको उहा“ले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातोकोत्तर गर्नुभएको छ । 

    cj.png
    निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नवनिर्वाचित अध्यक्ष अग्रवाललाई कार्यभार हस्तान्तरण एवं शुभकामना व्यक्त गर्नुभयो । 
    चेम्बरको नया“ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिपक कुमार मल्होत्रा निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै वाणिज्यतर्फको उपाध्यक्षमा उर्मिला श्रेष्ठ,  उद्योगतर्फ दिपक श्रेष्ठ, बस्तुगत संघतर्फ सुरेन्द्र कुमार श्रेष्ठ, द्धिराष्ट्रियमा निलकण्ठ चौलागाई र जिल्ला तर्फको उपाध्यक्षमा सन्तोष कुमार पाण्डे निर्विरोध निर्वाचित हुनुभएको हो । ७३ औं वार्षिक साधारणसभाले अर्जुन प्रसाद शर्मालाई मानार्थ उपाध्यक्ष चयन गरेको छ ।७६ सदस्यीय चेम्बरको कार्यसमितिमा मनोनित बाहेक ५५ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित हुनुभएको हो । 

     

     

    प्रतिक्रिया दिनुहोस