Logo

May 17 2024 | २०८१, जेठ ४गते

images

सिरहाको लहानमा  चैत ३० देखि बैशाख १० गते सम्म लहान एक्स्पो हुने


२०८०, चैत २७ मंगलबार

  • 660
    Shares

  • सिरहाको लहानमा  चैत ३० देखि बैशाख १० गते सम्म लहान एक्स्पो हुने

    सिरहा ।सिरहाको लहानमा  चैत ३० गते देखि बैशाख १० गते सम्म लहान एक्स्पो हुने भएको छ ।  महोत्सवको तयारी बारे जिल्ला उधोग बाणिज्य संघ लहान सिरहाले पत्रकार  सम्मेलन  गरेर आज लहान एक्स्पो बारे जानकारी गराएको हो । 
    समृद्धिको आधार ,कृषि,पर्यटन उधोग र व्यापार ूभन्ने मूल नाराका साथ भव्य रुपमा गर्ने जिल्ला  उधोग वाणिज्य संघ लहान अध्यक्ष विकास सारडाले बताए ।  महोत्सव  चैत ३० गते देखि संचालन हुने छ । महोत्सवको उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले गर्ने छन ।  कार्यक्रममा प्रमुख अतिथि महासेठ रहने र मधेस  प्रदेशका   स्वास्थ्य  मन्त्री  शत्रुध्न सिंह  बिशिस्ट  अतिथि रहने पत्रकार  सम्मेलनमा जानकारी  गराईएको छ । 
    संघका अध्यक्ष  शारदाका अनुसार १० दिन साम्म चल्ने अन्तर्राष्ट्रिय महोत्सवमा देश विदेशका ख्याती प्राप्त कलाकारहरु आउने र प्रत्येक  दिन बेलुकी ४ बजे देखि ९स्३० बजे सम्म सांस्कृतिक कार्यक्रम संचालन हुने पत्रकार सम्मेलनमा जानकारी  गराईएको छ । 
    लहान नगरपालिका वडा नम्बर १ स्थित  पशुपति आदर्श माविको खेल मैदानमा महोत्सवको तयारी   गरिएको छ । महोत्सवमा नेपाली कलाकार पिरिती पासमान को साथै छिमेकी राष्ट्र भारतका भोजपुरी गायिका तथा नायिका अक्षरा सिंह लगायतका कलाकारहरु आउने जानकारी  दिईएको छ । महोत्सवले लहानको व्यापार तथा पर्यटन प्रवद्वन र प्रचारप्रसार संगै स्थानीय  कृषि, पर्यटन, उधोग  र व्यापार , संस्कृती, स्थानीय खाना तथा  परिकार  को उजागर गर्ने अध्यक्ष  शारदा ले पत्रकार  सम्मेलनमा बताए ।

    images

    प्रतिक्रिया दिनुहोस