Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

किर्गीस्तानका लागि अवैतनिक राजदूतमा शर्मा नियुक्त , निर्माण व्यवसायीको पृष्ठभूमिबाट शर्मा पहिलो व्यक्ति


नया सडक

२०८०, चैत २८ बुधबार

  • 690
    Shares

  • किर्गीस्तानका लागि अवैतनिक राजदूतमा  शर्मा  नियुक्त ,   निर्माण व्यवसायीको पृष्ठभूमिबाट  शर्मा पहिलो व्यक्ति

    काठमाडौं । किर्गिजस्तानका लागि नेपालको अवैतनिक महावाणिज्यदूतमा  व्यवसायी रमेश शर्मा लाई नियक्त गरिएको छ ।

    शर्मालाई बिहीबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल दिलिपकुमार पौडेलले अवैतनिक महावाणिज्यदूतको नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् 

    नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार एवं पूर्व अध्यक्ष शर्मा गुणस्तरीय कार्यका लागि देश विदेशमा ख्याति कमाएको शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक हुन् । निर्माण व्यवसायीको पृष्ठभूमिबाट अवैतनिक महावाणिज्यदूत नियुक्त हुने शर्मा पहिलो व्यक्ति हुन् ।

    नेपाल र किर्गिजस्तानबीचको सम्बन्धलाई अझ प्रगाढ बनाइ नेपालमा किर्गिजस्तानको लगानी भित्र्याउन आफूले विशेष पहल गर्ने शर्माले प्रतिबद्धता व्यक्त गरे ।  निर्माण व्यवसाय लगायत अन्य विविध क्षेत्रमा समेत लगानी गरेका शर्मा विभिन्न सामाजिक संस्थामा पनि उत्तिकै क्रियाशिल हुन् ।

    प्रतिक्रिया दिनुहोस