Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

निफ्राले ५ अर्बको उर्जा ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल नियुक्त


नया सडक

२०८१, कात्तिक २ शुक्रबार

  • 168
    Shares

  • निफ्राले ५ अर्बको उर्जा ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल नियुक्त

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ५ अर्ब रुपैयाँ बराबरको उर्जा ऋणपत्र निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले एनआइएमबी एस क्यापिटल लिमिटेडलाई ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ऋणपत्र निष्कासन सम्बन्धी सम्झौतामा निफ्राको तर्फबाट नायब महाप्रबन्धक विनयनाथ न्यौपाने र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।

    नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त पूर्वाधार विकास बैंक (निफ्रा) ले ७ वर्षे अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर रहेको “निफ्रा उर्जा ऋणपत्र ६५ (२०८८/८९)” नामको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

    निफ्राले ५ अर्ब रुपैयाँ बराबरको प्रतिकित्ता १ हजार रुपैयाँकादरले ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो।

     

    प्रतिक्रिया दिनुहोस