Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

प्रभु इन्स्योरेन्सले डाक्यो २८औं वार्षिक साधारण सभा,वैशाख ७ गते बुक क्लोज


२०८०, चैत २९ बिहीबार

  • 615
    Shares

  • प्रभु इन्स्योरेन्सले डाक्यो २८औं वार्षिक साधारण सभा,वैशाख ७ गते  बुक क्लोज

    काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले २८औं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समिति बैठकले आगामी वैशाख २० गते तीनकुने काठमाडौंमा रहेको प्रभु कम्प्लेक्समा सभा आयोजना गर्ने निर्णय गरेको हो ।
    उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांस गरी कुल ५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ ।

    सभामा बीमा प्राधिकरणले तोकेबमोजिम चुक्तापूँजी २ अर्ब ५० करोड पुर्याउन हकप्रद सेयर वा नियमानुसारको अन्य कुनै विकल्प भए सोही बमोजिम हुने गरी बीमा प्राधिकरणको स्वीकृतीपश्चात सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्णअख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

    यस्तै, सञ्चालकमा समितिको संरचना परिवर्तन गरी १ जना महिला सञ्चालक र एक जना स्वतन्त्र सञ्चालकसहित जम्मा ७ जनाको सञ्चालक समिति गठन गर्ने र सोहि बमोजिम नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ ।

    कम्पनीको २०७५ जेठ १० गते सम्पन्न विशेष साधारण सभाबाट निर्वाचित सञ्चालकहरूको पदावधि समाप्त भएपश्चात आगामी वार्षिक साधारण सभासम्मका लागि पदावधि थप गर्ने तथा मिजास भट्टचनलाई सञ्चालक नियुक्ति गर्नेबारे सञ्चालक समितिको निर्णलाई अनुमोदन गरिनुका साथै सञ्चालक समितिका सदस्यहरूको पत्र/पत्रिका तथा सञ्चार खर्च वृद्धि गर्ने प्रस्तावसमेत पारित हुनेछ ।

    सभामा संस्थापक सेयरधनी समूह ‘क’ बाट २ जना, समूह ‘ख’बाट १ जना  र साधारण समूह ‘ग’बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद ३ को निर्वाचन गर्ने प्रस्ताव पारित हुनेछ ।

    सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।

    वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कम्पनीले आगामी वैशाख ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्रै कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस