Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

पियोर इनर्जीले आईपीओ निष्कासन गर्ने


२०८०, चैत २९ बिहीबार

  • 441
    Shares

  • पियोर इनर्जीले आईपीओ निष्कासन गर्ने

    काठमाडौं । पियोर इनर्जी लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । कम्पनीको चैत २८ गते बसेको सञ्चालक समिति बैठकले आगामी वैशाख १६ गतेका लागि विशेष साधारण सभा बोलाएको हो । उक्त सभाले आईपीओ निष्कासन गर्ने र ऋण सुविधा प्राप्त गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
    १६ करोड रुपैयाँबराबरको १६ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै गत माघ २९ गते कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धका रूपमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ ।

    प्रतिक्रिया दिनुहोस