Logo

May 17 2024 | २०८१, जेठ ४गते

images

सुखीपुर नगरपालिकाका ७ औं स्थापना दिवस स्वतन्त्र युवा गुमस्ता कुमार यादवको अध्यक्ष्तामा मनाइयो ,बक्ताहरु द्वारा  नगरप्रमुख माथी  चुनौती


२०८०, चैत २९ बिहीबार

  • 264
    Shares

  • सुखीपुर नगरपालिकाका ७ औं स्थापना दिवस स्वतन्त्र युवा गुमस्ता कुमार यादवको अध्यक्ष्तामा मनाइयो ,बक्ताहरु द्वारा  नगरप्रमुख माथी  चुनौती

    सिरहा।सिरहाको सुखीपुर नगरपालिका ७ औ  स्थापना दिवसको अवसरमा स्वतन्त्र युवा संगठनले विभिन्न कार्यक्रमको आयोजना गरी स्थापना दिवस   मनाएको छ ।
    संगठनका संयोजक  गुमस्ता कुमार यादवको  आयोजनामा  सुखिपुरमा आयोजित स्थापना दिवसमा आमरण अनसनमाकारी   लगायतकालाई सम्मान, स्वास्थ्य शिविर, स्लो मोटर साईकल रेस र सांस्कृतिक कार्यक्रम गरी मनाईएको हो ।
    बुधवार श्री राम जानकी वृज नारायण जनता बहुमुखी क्यापस सुखीपुरको प्राङ्गणमा  आयोजित स्थापना दिवस कार्यक्रममा सहभागी  बक्ताहरुले नगरपालिका माथि आक्रोश पोखेका छ्न।
    प्रमुख अतिथि स्थानीय  समाज सेवी राम प्रसाद चौधरीले 
     नगरपालिकाले मनाउने कार्यक्रम अन्य संस्थाले मनाउनु पर्ने बाध्यता अबको दिनमा नहुन दिन नगर प्रमुखलाई  चुनौती पनि गरे ।
     सुखिपुर नगरपालिकाका वडा नम्वर ८ का वडा अध्यक्ष किशोरी प्रसाद चौधरीले सुखीपुर नगरपालिकाका नगर प्रमुखलाई आउने दिनमा परिवर्तन गरेपछि मात्रै भव्य कार्यक्रम हुने छ । हामीहरुले गर्ने कार्य अरुले गरिदिएकोले लाज लागि रहेको बताए । साथ(साथै युवाको मनोबल बढाउन सम्मान जनक मन्तव्य राखेका हुन् ।
    सुखीपुर नगरपालिका बचाऊ संघर्ष आ अहम भुमिका निर्वाह गरेका कर्मचारी मध्ये एक हाल सुखीपुर नगरपालिकाका ईन्जिनियर डोमी यादवले आजको दिन एकदमै खुशीको दिन हो । तर आज यो कार्यक्रममा उपस्थी हुँदा  आफ्नो परिवारको सामर्थ्य नभएको खण्डमा अडोसी पडोसिले जन्मदिन मनाई दिएको अनुभुती भएको छ । के यो सुखिपुर नगरपालिकामा जम्मा जमि लगभग ५६ करोडको बजेटमा यस्ता अमुल्य सम्मान योग्य कार्यक्रमको लागि ठाउँ मिलेन यो सरासर गलती सम्पुर्ण कार्यपालिकाका सदस्य लगायत नगर प्रमुखको हो । यसमा सुधार गर्ने छौ भने प्रतिक्रिया दिनु भएको छ । आउने दिनमा अझै भव्यता रुपमा दिवस मनाउन वजेट विनियोजन गर्न जनप्रतिनिधीहरुलाई आग्रह गर्ने बताए।
    त्यस्तै कार्यक्रममा सुखीपुर नगरपालिकाका वडा नम्वर ३ का वडा अध्यक्ष तथा तत्कालिन आमरण अनसनकारी हरेराम यादवले हाम्रो चुक हो ,हामी वजेट विनियोजन गर्न लगाएनौ तर अब आफनै पालामा आउने दिवसहरु भब्यताका साथ हुने प्रतिवद्धता  जनाए  । साथ साथै कार्यक्रमका अध्यक्षता गर्नु भएका स्वतन्त्र युवा संगठनका संयोजक गुमस्ता कुमार यादव लाई सम्मान पुर्वक धन्यवाद ज्ञयापन गरेका छ्न ।
    त्यस्तै, तत्कालिन आमरण अनसनकारी विपी भुवन यादवले खुशीको दिन  बताउदै आज प्रत्येक घरमा दिप प्रजव्लन गर्ने दिन हो । यो कार्यक्रम नगरपालिकाले मात्रै आयोजना गर्ने कार्यक्रम होईन् । सुखीपुर नगरपालिकाका सम्पूर्ण नगरवासीले आ आफनो घरमा मनाउने कार्यक्रम हो बताए ।
    त्यस्तै कार्यक्रममा आमरण अन्सनकारी विन्देश्वर पजियार, लगायतले शुभकामना मन्तव्य  दिएका थिए भने कार्यक्रमको संचालन श्याम कुमार यादव, स्वागत मनत्वय रोयाण्टर मण्डल, कार्यक्रमको प्रमुख आतिथी समाजसेवी राम प्रसाद चौधरी तथा  कार्यक्रमको अध्यक्षता स्वतन्त्र युवा संगठनका संयोजक गुमस्ता कुमार यादवले गरेका थिए ।
    सुखीपुर नगरपालिकालाई तत्कालिन सरकारले गाउँपालिकामा परिवर्तन गरेपछि विभिन्न प्रकारको दबाबमुलक आन्दोलन र ६ दिन देखि आमरण अनसनमा बसे पछि वि।सं। २०७२ चैत २८ गते  तत्कालिन नेपाल सरकारले मन्त्री परिषदको बैठकबाट सुखीपुर गाउँपालिकालाई परिवर्तनगरी पुनः सुखीपुर नगरपालिका घोषणा गरेपछि सोही दिनलाई स्थापना दिवसको रुपमा मनाउदै आएको हो।
    सुखीपुर नगरपालिका स्थापना दिवस चैत २८ गते मनाउने गर्छन् । सुखीपुर गाउँपालिकाबाट नगरपालिकाका परिवर्तन भई सुखीपुर नगरपालिका स्थापना भएको आज ८ वर्ष पुरा भई सकेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस