Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग २४ सैँ घण्टा खुल्ला हुने


२०८०, चैत २९ बिहीबार

  • 1.1k
    Shares

  • वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग २४ सैँ घण्टा खुल्ला हुने

    काठमाडौँ । काठमाडौँको मुटु ठमेल र दरबारमार्ग वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ला रहने भएको छ । स्थानीय व्यवसायी, गृह प्रशासन र सरोकारवालाहरूको सक्रियतामा ठमेल र दरबार मार्गलाई २४ सै घण्टा खुल्ला गर्न लागिएको हो । बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले संयुक्त पत्रकार सम्मेलन गर्दै नयाँ वर्ष अर्थात वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग २४ सै घण्टा खुल्ला गरिने घोषणा गरेका हुन् । 

    नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन ९२४ सैँ घण्टा० व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ।

    परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्ग क्षेत्र २४ सैँ घण्टा खुलाउन आवश्यक सम्पूर्ण तयारी भएको जानकारी दिए। उनका अनुसार नयाँ वर्षको उपलक्ष्यमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैँ घण्टा व्यवसाय सञ्चालनको घोषणा गर्नेछन्।

    सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय ९काठमाडौँ०ले लिनेछ। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले ठमेल र दरबारमार्गको रात्रिकालीन व्यवसाय वैशाख १ गतेदेखि लागू हुने गरी सुरक्षा तयारी गरिएको बताए।उनले पूर्णकालीन व्यवसाय सञ्चालनका लागि आचारसंहिता एवं सुरक्षा व्यवस्थापन मापदण्ड बनाइएको जानकारी दिए। चैत ३० गते जिल्ला सुरक्षा समितिको बैठकले उक्त मापदण्ड पारित गरेपछि लागू हुनेछ।

    सबै सरोकारवालासँगको राय सुझावका आधारमा पूर्णकालीन व्यवसाय सञ्चालनसम्बन्धी सुरक्षा व्यवस्थापन मापदण्ड बनाइएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ।ठमेलमा अहिले बिहान ४ बजेसम्म क्लब खुल्छन्। रात्रिकालीन व्यवसायअन्तर्गत क्लब, डान्स, दोहोरी, डिस्कोलगायत मनोरञ्जन व्यवसाय, किराना पसल, पर्यटनसँग सरोकार भएका सबै बजार खुल्नेछन्।

    प्रतिक्रिया दिनुहोस