Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

हिमाल आरोहण गर्नेहरूबाट डेढ महिनामा ३४ करोड बढी रोयल्टी संकलन, सबै भन्दा सगरमाथा आरोहण गर्नेहरूबाट

हिमाल आरोहण गर्नेहरूबाट डेढ महिनामा ३४ करोड बढी रोयल्टी संकलन, सबै भन्दा सगरमाथा आरोहण गर्नेहरूबाट

  • काठमाडौं । हिमाल आरोहण गर्नेहरुबाट सरकारले करिब डेढ महिना अर्थात मार्च एक देखि अप्रिल १० सम्म ३४ करोड बढी रोयल्टी उठाएको छ ।  विभिन्न १९ वटाहिमाल आरोहण गर्नेहरुबाट  सो अवधिमा  ३४ करोड बढी रोयल्टी उठाएको हो । 

     पर्यटन विभागकाअनुसार १९ वटा विभिन्न हिमाल आरोहण गर्ने ५१२ जनाबाट ३४ करोड ४३ लाख ९९ हजार ६५६ रुपैयाँ रोयल्टी संकलन भएको छ ।भागकाअनुसार सो अवधिमा सबैभन्दा धेरै रोयल्टी  सगरमाथाबाट उठेको छ । सगरमाथा आरोहणको लागि २०९ जनाबाट २९ करोड ७५ लाख २८ हजार ५३५ रुपैयाँ, ल्होत्सेको लागि ५५ जनामार्फत १ करोड ३१ लाख ७८ हजार १४२ र मकालुको लागि ४५ जनामार्फत १ करोड ७ लाख ७४ हजार ८ सय रुपैयाँ रोयल्टी आम्दानी भएको छ ।

    सोहीगरी  सो अवधिमा आमादब्लम ६६ जना, अन्नपूर्ण २५ जना, कञ्चनजंघा ३१ जना, धौलागिरी १५ जना, जुगल १ र २ मा २२ जना र लिंगत्रेन हिमाल ११ जनाले आरोहण गर्नको लागि रोयल्टी बुझाएकाे शाखा अधिकृत दिलिपकुमार महर्जनले जानकारी सार्वजनिक गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij