Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

पौने ६ करोड बढीको चोरी पैठारी गर्न खोजिएको मालवस्तु पर्सा प्रहरीको नियन्त्रणमा


नया सडक

२०८०, चैत ३० शुक्रबार

  • 456
    Shares

  • पौने ६ करोड बढीको चोरी पैठारी गर्न खोजिएको मालवस्तु पर्सा प्रहरीको नियन्त्रणमा

    काठमाडौं । बीरगञ्ज भन्सार क्षेत्र र यसका वरिपरिबाट चैत महिनामा मात्रै पौने ६ करोड बढीको चोरी पैठारी गरी लग्न खोजिएको मालवस्तु प्रहरीको नियन्त्रणमा आएको छ ।
    राजस्व छली तथा चोरी पैठारी गरी ल्याउनहरूलाई नियन्त्रणमा लिएर पर्सा प्रहरीले राजस्व अनुसन्धान विभाग पथलैयामा थप अनुसन्धानका लागि पठाइएको जानकारी दिएको हो ।

    images

    पर्सा जिल्ला प्रहरी कार्यालयले  भन्सार चोरी पैठारी न्यूनीकरण गर्न यस कार्यालय तथा मातहत समेतका प्रहरी परिचालन गरी चैत्र मसान्तसम्म विभिन्न किसिमको मालवस्तु नियन्त्रणमा लिएको जनाएको छ । 

    प्रहरीले दिएको जानकारी अनुसार  लत्ताकपडाहरूको आकलन रु.१ करोड २३ लाख ४६ हजार४ सय ९१ गरिएको छ । यसैगरी १ करोड १० लाख ८७ हजार७ सय १०रुपैयाँको   सवारी साधन तथा पार्टपुर्जा , .२ करोड १० लाख ७८ हजार६सय८१ रुपैयाको विद्युतीय सामाग्री,  १ करोड ४२ लाख २३हजार ९सय१७ रुपैयाको किराना तथा खाद्यान्न मालवस्तु गरी कुल ५ करोड ८७ लाख ३६ हजार ७ सय ९९रुपैयाँको मालवस्तु चोरी पैठारी गरी लान खोजेको थियो । 

    प्रतिक्रिया दिनुहोस