Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

सर्वाधिक खोजी सूचीमा रहेका कुख्यात अपराधी शेख नुरुल्लाह १० महिनापछि पक्राउ


नया सडक

२०८१, वैशाख २ आइतबार

  • 399
    Shares

  • सर्वाधिक खोजी सूचीमा रहेका कुख्यात अपराधी शेख नुरुल्लाह १० महिनापछि पक्राउ

    काठमाडौं । प्रहरीले सर्वाधिक खोजी सूचीमा रहेका कुख्यात अपराधी शेख नुरुल्लाह १० महिनापछि पक्राउ गरेको छ । 

    images

    जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार पत्रकार सम्मेलन गरी रौतहट देवाही गोनाही नगरपालिका– १ घर भएका ५२ वर्षीय शेख नुरुल्लाहलाई सार्वजनिक गरेको हो।

     प्रहरीले जनाए अनुसार  अपराध क्षेत्रको मास्टरमाइण्डका रुपमा कुख्यात नुरुल्लाहलाई रौतहटको राजदेवी नगरपालिका– ८ लक्ष्मिपुर बेलविछवा चोक नजिकैको नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको छ ।

    २०८० जेठ ११ गते मध्य राति साढे १२ बजेको समयमा देवाही गोनाही नगरपालिका– १ करुनिया गाउँमा ७८ वर्षीय शेख तैयवलाई शेख नुरुल्लाहको आदेशमा सोही स्थानका शेख शेराज, शेख सद्दाम भन्ने खलिउल्लाह र भारतीय नागरिक राकेशकुमारले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । 

    शेख शेराज र भारतीय नागरिक राकेश कुमारलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि कारागारमा छन् भने मुख्य योजनाकार नुरुल्लाह र उनका भाई खलिउल्लाह फरार रहँदै आएका थिए।

     

    प्रतिक्रिया दिनुहोस