Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

इरानले इजरेलमाथि किन गर्‍यो आक्रमण

इरानले इजरेलमाथि किन गर्‍यो आक्रमण


  • एप्रिल १ मा सिरियास्थित एउटा इरानी कूटनीतिक नियोगमा एउटा घातक हवाई आक्रमण भएको थियो। त्यसमा एक सैन्य कमान्डरसहित केही इरानी अधिकारीको मृत्यु भएको थियो। इरानले उक्त आक्रमण इजरेलले गराएको आरोप लगाएको थियो र त्यसको प्रतिशोध लिने उद्घोष गरेको थियो। इजरेलले उक्त घटनामा आफू संलग्न भए नभएको केही पनि बताएको थिएन।

    सिरियाको रक्षा मन्त्रालयका अनुसार इजरेली विमानले दमास्कसस्थित इरानी नियोगमा अधीनस्थ गोलन हाइटतर्फबाट हमला गरेको थियो। उसका अनुसार सिरियाली हवाई प्रतिरक्षा प्रणालीले इजरेलले प्रहार गरेका केही क्षेप्यास्त्रलाई नष्ट गरिदएको भए पनि केही ले पूरा भवनलाई ध्वस्त पारेको र त्यहाँ भएका मानिसहरू हताहत भए थिए। बीबीसी न्यूज नेपालीबाट

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij