Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

आज चैते दसैं पर्व मनाइँदै


नया सडक

२०८१, वैशाख ४ मंगलबार

  • 537
    Shares

  • आज चैते दसैं पर्व मनाइँदै

    काठमाडौं । आज वैशाख ४ गते मंगलबार चैते दसैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दसैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ ।चैते दसैंमा दहि–चिउरा खाने र देवीको पूजापाठ गर्ने चलन छ ।

    काठमाडौं उपत्यका देवी मन्दिरहरुमा आज बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । हनुमानढोकामा आज बलीसहितको पूजा गरिन्छ । चैते दशैंमा अष्टमी र नवमीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । अष्टमीको दिन देवी उपासना र बलीसहित पूजा गरिन्छ । यसैगरी नवमीको दिन त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रका रुपमा श्रीरामको जन्म भएको विश्वासका साथ रामनवमीका रुपमा मनाउने गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस