काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको खुद नाफामा भारी गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १३ लाख १८ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ ।खुद ब्याज आम्दानी गत वर्षको तुलनामा १३.२८%ले वृद्धि हुँदै ७ करोड ५९ लाख रुपैयाँ पुगेपनि इम्पेयरमेन्ट चार्ज बढेपछि खुद नाफा प्रभावित भएको हो ।
चैत मसान्तसम्ममा इम्पेयरमेन्ट चार्ज १ करोड ६६ लाख रुपैयाँ रहेको छ । यसको चुक्ता पुँजी ७२ करोड ९४ लाख ९६ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ४२ करोड ३९ लाख रुपैयाँ जम्मा रहेको छ । वितरणयोग्य नाफा २२ करोड १० लाख रुपैयाँ ऋणात्मक रहेको छ । यसको इपीएस १.८९ रुपैयाँबाट घटेर ०.२४ रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ भने १३४.८३ रुपैयाँ छ ।