Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नीति तथा कार्यक्रममा हरित अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्ने ऊर्जा मन्त्री बस्नेतको भनाइ


नया सडक

२०८१, वैशाख ५ बुधबार

  • 687
    Shares

  • नीति तथा कार्यक्रममा हरित अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्ने  ऊर्जा मन्त्री बस्नेतको भनाइ

    काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले बनाउने नीति तथा कार्यक्रममा हरित(ग्रिन) अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित  हाइड्रोजन डायलग  कार्यक्रममा ऊर्जा मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

    नेपालमा ग्रिन अर्थतन्त्र र ग्रिन आर्थिक विकासको चर्चा गर्न ढिला भएको भन्दै ऊर्जा मन्त्री बस्नेतले  अब ग्रिन अर्थतन्त्रलाई   नीतिगत रुपमा अगाडि बढाउनुको  विकल्प नभएको बताए ।

     स्रोत उलब्धताको दृष्टिकोणबाट हेर्दा नेपाल सरकारले स्रोतलाई आर्थिक विकासको अभियानमा व्यवस्थित ढङ्गले सदुपयोग गरी आर्थिक विकास समृद्धिको सपना पूरा गर्न नसकेको भन्दै ऊर्जा मन्त्री बस्नेतले   विश्व  ग्रिन अर्थतन्त्रमा गइसकेको बताए ।

     

    प्रतिक्रिया दिनुहोस