Logo

Oct 31 2024 | २०८१, कात्तिक १५गते

images

अमेरिकाबाट फर्केर अर्थमन्त्री पौडेलले अन्तर्राष्ट्रिय समुदाय सकारात्मक रहेको भने


नया सडक

२०८१, कात्तिक १५ बिहीबार

  • 33
    Shares

  • अमेरिकाबाट फर्केर अर्थमन्त्री पौडेलले अन्तर्राष्ट्रिय समुदाय सकारात्मक रहेको भने

    काठमाडौँ ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा आयोजित विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिएर आज स्वदेश फर्केका छन् ।फर्के अर्थमन्त्री पौडेलले अन्तर्राष्ट्रिय समुदायले नेपालले उठाएका विषयहरू प्रति सकारात्मक सन्देश दिएको बताएका हुन् ।विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा अर्थमन्त्री पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न स्थापित विश्वव्यापी वित्तीय कोषहरूको परिचालन प्रणालीलाई सरल र पहुँचयोग्य बनाउन विश्व समुदायसँग आग्रह गरेको बताए ।

    त्यसैगरी जलवायु न्यायका लागि विकास साझेदार र सिङ्गो अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गर्नुका साथै जलवायु न्यायका लागि स्थापित हानि नोक्सानी तथा क्षतिपूर्ति कोषलाई प्रभावकारी रूपमा सञ्चालन गर्न अनुरोध गरेका थिए । अमेरिकामा रहेका बेला अर्थमन्त्रीले विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगमका उच्च पदस्थ पदाधिकारीहरूसँग अलग अलग भेटवार्ता गरेका थिए । त्यसैगरी विभिन्न द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरू गरेका थिए । अमेरिका भ्रमणका क्रममा अर्थमन्त्री पौडेलले नेपाली दूतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुका साथै अमेरिका चेम्बर अफ कमर्सका प्रतिनिधि, नेपाली समुदाय लगायतसँग भेटघाट गरेका थिए । अर्थमन्त्री पौडेल कार्तिक ५ गते अमेरिका गएका थिए ।

    प्रतिक्रिया दिनुहोस