Logo

May 16 2024 | २०८१, जेठ ३गते

images
लहरो तान्दा पहरो गर्जियो

महँगा सुटिङ आयात  तथा बिक्री वितरण गर्ने सञ्जय खन्ना  र विशाल बजारका जगदीश केडिया एन्ड कम्पनीद्वारा राजस्व छली, के हेर्दै छ राजस्व अनुसन्धान विभाग ?


२०८१, वैशाख ५ बुधबार

  • 1.4k
    Shares

  • महँगा सुटिङ आयात  तथा बिक्री वितरण गर्ने सञ्जय खन्ना  र विशाल बजारका जगदीश केडिया एन्ड कम्पनीद्वारा राजस्व छली, के हेर्दै छ राजस्व अनुसन्धान विभाग ?

    काठमाडौं ।   छिमेकी मुलुक चीन , हङकङ, थाइल्यान्ड र भारतबाट समेत महँगा सुटिङ सर्टिङ कपडा आयात  तथा बिक्री वितरण गर्ने कम्पनी तथा सञ्चालकहरूले ठुलो मात्रामा राजस्व छली गर्दै आएको तथ्य खुलेको छ । राजस्व अनुसन्धान विभागले केही समय अगाडि केही टेलरिङ पसल तथा कपडा पसलहरूका कागजपत्र नियन्त्रणमा लिइ अनुसन्धान गर्द महँगा सुटिङ सर्टिङ कपडा आयात तथा बिक्री वितरण गर्ने कम्पनी तथा त्यसका सञ्चालकहरूले ठुलो मात्रामा राजस्व छली गरेको देखिएको हो ।

    images

    केही दिन अगाडि नयाँ सडकले महँगा सर्टिङ सुटिङ कपडा आयात तथा बिक्री वितरण गर्ने सञ्जय खन्नाले सञ्चालन गरेको रोजी इम्पेक्सले  राजस्व छली गरेको समाचार सार्वजनिक गरेपछि थप आयात तथा बिक्री वितरण गर्ने व्यक्ति तथा फर्महरूले कपडा आयात तथा बिक्री वितरण गर्दा राजस्व छली गर्ने गरेको समाचार प्राप्त भएको छ । 

    नयाँ सडकलाई प्राप्त समाचार अनुसार विशाल बजारको जगदीश केडियाले सञ्चालन गरेको श्यामकृष्ण इम्पेक्सले चीन भारत तथा तेस्रो मुलुकहरूबाट महँगा सुटिङ सर्टिङ कपडा आयात तथा बिक्री वितरण गर्दा ठुलो मात्रामा राजस्व छली गर्ने गरेको पाइएको छ । स्रोतका अनुसार जगदीश केडियाले सञ्चालन गरेका श्यामकृष्ण इम्पेक्स तथा अन्य फर्मले समेत राजस्व छली गर्ने गरेको पाइएको हो ।  जगदीश केडियाले सञ्चालन गरेको फर्म श्यामकृष्ण इम्पेक्सको दर्तामा भने स्विटी अग्रवालको नाममा फर्म दर्ता भएको देखिन्छ । जगदीश केडिया एन्ड कम्पनीले सुटिङ सर्टिङको कपडा आयात गर्दा भन्सारमा न्यून बिजकीकरण गरी सस्तो मूल्यमा छुटाउने र सोही कपडालाई विभिन्न महँगा ब्रान्डको भन्दै भन्सारमा छुटाएको भन्दा तेब्बर मूल्यमा बिक्री वितरण गर्ने गरेको एक टेलरिङ पसलले नयाँ सडकलाई बताए ।

    जगदीश एन्ड कम्पनीले त्यसरी आयात गरिएको महँगा सुटिङ सर्टिङ कपडा  बिक्री वितरण गर्दा न्यून मूल्यको भ्याट बिल काट्ने तर पैसा भने तेब्बर लिने गरेको ती पसलले बताए । जगदीश केडियाले भ्याट बिल दिँदा वास्तविक मूल्य भन्दा कम मूल्यको भ्याट बिल दिएर मूल्य अभिवृद्ध कर छल्ने गरेको र  आयकर समेत छल्ने गरेको पाइएको छ । जगदीश केडियाका भाइ सुनिल केडियाको गार्मेन्ट समेत रहेको छ । यसका अलावा जगदीश केडिया र उनका भाइहरूको अन्य थुप्रै कामहरू रहेको बताइन्छ ।

    यसैगरी महँगा सर्टिङ सुटिङ आयात तथा बिक्री वितरण गर्ने न्यूरोडस्थित रञ्जना गलीमा रहेको रोजी इम्पेक्सले  समेत सोही प्रकृतिबाट भन्सार तथा राजस्व छल्ने गरेको छ । रोजी इम्पेक्सले यसरी छल्छ महँगा सुटिङ कपडा आयात र बिक्री वितरण गर्दा  सञ्जय खन्नाको रोजी इम्पेक्सद्वारा ठूलो मात्रामा राजस्व छली

    महँगा सर्टिङ सुटिङ आयात तथा बिक्री वितरण गर्ने कम्पनीहरूले अत्यधिक राजस्व छल्ने गरेको पाइएपछि राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । यससम्बन्धमा राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले राजस्व छली तथा चुहावट गर्ने जो कोहीलाई नछाड्ने बताए । यता विशाल बजारका श्यामकृष्ण इम्पेक्सका सञ्चालक जगदीश केडियालाई प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन् ।

    प्रतिक्रिया दिनुहोस