Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आज र भोलि मेघगर्जन सहित हल्का वर्षाको पनि सम्भावना


२०८१, वैशाख ६ बिहीबार

  • 546
    Shares

  • आज र भोलि मेघगर्जन सहित हल्का वर्षाको पनि सम्भावना

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेकोले आज मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेशमा साधरणतया बदली रहने छ । 

    आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरू तथा बागमती, गण्डकी र कर्णाली  प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

    देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
    आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ ।भोलि कोशी प्रदेशको पहाडी  भूभागका थोरै स्थानहरू तथा बागमती, गण्डकी र कर्णाली  प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस