Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

दक्षिण कोरियाले ध्यानाकर्षण गराएपछि ईपीएस भाषा परीक्षा सफ्टवेयरको प्रयोग गरी वर्षैभरि सञ्चालन गर्ने तयारी


२०८१, वैशाख ६ बिहीबार

  • 624
    Shares

  • दक्षिण कोरियाले ध्यानाकर्षण गराएपछि ईपीएस भाषा परीक्षा सफ्टवेयरको प्रयोग गरी वर्षैभरि सञ्चालन गर्ने तयारी

    काठमाडौं । दक्षिण कोरियाले वर्षैभरि भाषा परीक्षा सञ्चालन गर्न नसक्ने भन्दै ईपीएस परीक्षामा सहभागी हुने नेपालीहरूको निश्चित सीमा निर्धारण गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । कोरिया सरकारले ध्यानाकर्षण गराएपछि सफ्टवेयरको प्रयोग गरी आवेदकहरूको सङ्ख्या सीमित तुल्याउने प्रयास गरिएको हो । दक्षिण कोरियामा काम गर्ने जानका लागि अहिले करिब २० हजार कोटाका लागि १ लाख ६३ हजार जनाले निवेदन दिएपछि एउटा समूहको मात्रै भाषा परीक्षा हुनसकेको छ भने बाँकी दुई समूहको परीक्षा कात्तिक महिनासम्म लम्बिने अवस्था देखिएको छ।

    पहिलो चरणको परीक्षामा सहभागी भएका ४० हजार ईपीएस भाषा परीक्षार्थीमध्ये ६ हजार ३ सयभन्दा बढी उत्तीर्ण भएका छन्। उनीहरूको सीपसम्बन्धी ज्ञानको परीक्षण वैशाख ९ गतेदेखि १५ गतेसम्मका लागि तोकिएको छ।

    प्रतिक्रिया दिनुहोस