Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

हालसम्म लगानी सम्मेलनमा सहभागिता जनाउने सम्भावना कुल निम्तालु लगानीकर्ताको एक तिहाइ मात्रै


नया सडक

२०८१, वैशाख ६ बिहीबार

  • 618
    Shares

  • हालसम्म लगानी सम्मेलनमा सहभागिता जनाउने सम्भावना कुल निम्तालु लगानीकर्ताको एक तिहाइ मात्रै

    काठमाडौं ।बैशाख महिनाको दोस्रो पाक्षिकको पहिला दुई दिन भित्र  सम्पन्न हुन लागेको लगानी सम्मेलनमा एक हजार ३ सय ५५ निम्तोमध्ये पौेने पाँच सय भन्दा कम सहभागिता हुने भएको छ ।  तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना हुन लागेको हो । 

    तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा ३६ देशका ४६२ लगानीकर्ता सहभागी हुने भएका छन् । लगानी सम्मेलनमा नेपालसहित चाइना, भारत, जर्मनी, बेलायत, अमेरिका, बङ्गलादेश, यूएई, जापाना, दक्षिण कोरिया, पाकिस्तान लगायत ३६ देशका लगानीकर्ताहरू सहभागी हुने लगानी बोर्डले जनाएको छ ।

    सरकारले १ हजार ३५५ लगानीकर्तालाई निमन्त्रणा पठाएको भएपनि सो संख्यामा मात्रै हालसम्म रजिष्ट्रेसन दर्ता गराएको लगानी बोर्डले  जानकारी सार्वजनिक गरेको छ ।

    लगानी सम्मेलनमा नेपालबाट १६१, चाइनाबाट ६४, अन्य (देश पहिचान नहुने) ६०, भारतबाट ५७, जर्मनीबाट १२, बेलायतबाट ११, अमेरिका र बङ्गलादेशबाट १०/१० लगानीकर्ताले सहभागीता जनाउने भएका हुन् । यसैगरी यूएई र जापानबाट ८/८, दक्षिण कोरियाबाट ७, पाकिस्तान र अष्ट्रेलियाबाट ६/६, सिङ्गापुर र मलेसियाबाट ४/४, रूस, फिनल्याण्ड, कोलोम्बिया, क्यानडाबाट ३/३ व्यक्ति तथा संस्था लगानीकर्ताले सहभागीता जनाउने छन् ।

    साथै  कतार, ईयू, बेल्जियम, बहराइन, अष्ट्रियाबाट २/२, भेइतनाम, श्रीलङ्का, टर्की, थाइल्याण्ड, स्वीट्जरल्याण्ड, साउदि अरेविया, रोमेनिया, मोरोक्को, साइप्रस लगायतका देशबाट १/१ लगानीकर्ताले सहभागीता जनाउने छन् ।

    प्रतिक्रिया दिनुहोस