Logo

May 15 2024 | २०८१, जेठ २गते

images

नेपालमा पर्यटकहरू मोटामोटी १३/ १४ दिन बस्छन्


नया सडक

२०८१, वैशाख ६ बिहीबार

  • 372
    Shares

  • नेपालमा पर्यटकहरू मोटामोटी १३/ १४ दिन बस्छन्

    काठमाडौं । विगत पाँच वर्षयताको बसाइ प्रवृतिका आधारमा नेपाल बस्ने पर्यटकहरू मोटामोटी १३ / १४ दिन बस्ने गरेका छन् ।नेपालमा एक जना पर्यटकको औसत बसाइ १३.९२ दिन रहेको हिसाब गरिएको हो ।   सन् २०२३ मा कुल १० लाख १४ हजार ८८२ जना पर्यटक नेपाल आएका थिए ।सन् २०२३मा पर्यटकको औसत बसाइ १३.२ रहेको थियो । 

    images

     संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  जनाए अनुसार यो संख्या सन् २०२२ को तुलनामा सामान्य बढी हो । सन् २०२२ मा औसत बसाइ १३.१ दिन रहेको थियो ।सन् २०२२ को तुलनामा पर्यटक आगमन ६५.०५ प्रतिशतले बढेको थियो । सन् २०२२ मा ६ लाख १४ हजार ८६९ जना पर्यटक आएका थिए ।

    कोभिड महामारीका बेला कम पर्यटक आएपनि पर्यटकको बसाइ अवधि भने बढी हो । सन् २०२० मा १५.१ दिन र सन् २०२१ मा १५.५ दिन बसाइ अवधि थियो ।त्यसअगाडि धेरै पर्यटक आएको वर्ष सन् २०१९ मा १२.७ दिन औसत प्रतिपर्यटक बसाइ अवधि थियो ।

    नेपाल आउने पर्यटकमध्ये ५५.८४ प्रतिशत पुरुष र ४४.१२ प्रतिशत महिला रहेको तथ्यांक छ । सन् २०२२ को तुलनामा महिला पर्यटक बढेको देखिएको छ ।नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै ३१–४५ वर्ष उमेर समूहका धेरै छन् ।

    सन् २०२३ मा यो उमेर समूहका सर्वाधिक ३ लाख १७ हजार १७० जना आएका छन् । यो कुल पर्यटक आगमनको ३१.२५ प्रतिशत हो ।दोस्रो स्थानमा ४६ देखि ६० वर्ष उमेर समूहका छन् । यो समूहका २ लाख ७२ हजार ३४२ जना पर्यटक आएका छन् । यो २६.८४ प्रतिशत हो ।

    सन् २०१९देखि २०२३सम्मको पर्यटक बसाइको औसत बसाईको औसत निकाल्दा १३.९२ हुन आउँछ । यस आधारमा  हेर्दा नेपालमा पर्यटकहरूको बसाई मोटामोटी १३ भन्दा बढी १४ भन्दा कम हुन आउँछ ।

    प्रतिक्रिया दिनुहोस