Logo

Oct 15 2025 | २०८२, असोज २९गते

Oct 15 2025 | २०८२, असोज २९गते

images

बजार अनुगमनको नाममा होटल अनुगमनप्रति व्यवसायीहरूको गुनासो

बजार अनुगमनको नाममा होटल अनुगमनप्रति व्यवसायीहरूको गुनासो

  •  काठमाडौं । होटल व्यवसायीहरूले  बजार अनुगमनको नाममा होटल अनुगमनप्रति गुनासो व्यक्त गरेका छन् । बिहीबार होटल संघ नेपाल (हान) को टोलीमा सहभागी होटल व्यवसायी अगुवाहरूले  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँगको भेटमा  यस्तो गुनासो गरेका हुन् ।

    हानका अध्यक्ष विनायक शाहको नेतृत्वमा टोलीले मन्त्री भण्डारी समक्ष वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले होटलमा अनुगमन गर्दा गलत व्याख्या गरेको गुनासो गरेको हो ।

    ज्ञापनपत्रमा राज्यको नियम ऐन कानुनको पूर्ण पालना गर्दै सञ्चालित होटलहरूमा अनुगमनको नाममा अव्यावहारिक व्याख्या गरी कारबाही तथा जरिबाना भएको तथा तारे होटलहरूमा अखाद्य वस्तु रहेको जस्ता नकारात्मक समाचार बारम्बार आइरहँदा गलत सन्देश गएको भनिएको छ । यसले नेपालको पर्यटन प्रवर्द्धनमा समेत असर पुग्ने व्यवसायीको तर्क छ ।

    सरकारबाट हुने निरीक्षण अनुगमन प्रभावकारी बनाउन सरोकारवाला निकायसँगको समन्वयमा हुनुपर्ने समेत उनीहरूको माग छ । अन्तर्राष्ट्रिय चेन तथा ब्रान्डलगायत होटलको सञ्चालन व्यवस्थित प्रक्रियाबाट हुने भएकाले म्याद गुज्रिएका सामान उपभोक्ताले उपभोग गर्ने खानामा प्रयोग नभई यस्ता सामान आपूर्तिकर्ता कम्पनीलाई सोझै फिर्ता पठाइ सोधभर्ना हुने गरेको ज्ञापनपत्रमा छ ।

    अदालतमा समेत मुद्दा परी विचाराधीन रहेको विषयमा सरकारी क्रियाकलापहरू प्रचारमुखी नभई संयमित ढंगबाट हुनका लागि समेत अनुरोध गर्दै यस्ता कार्यबाट अन्तर्राष्ट्रिय जगतमा नेपाल अखाद्य वस्तुको भण्डार भनी नकारात्मक प्रचारप्रसार भइरहेको व्यवसायीले गुनासो गरेका छन् ।

    यसबाट नेपाल आउने विदेशी पर्यटकहरूबाट बुकिङ रद्द समेत हुन सक्ने हुँदा आगामी दिनमा यस विषयमा समन्वय र सहकार्यको व्यवस्थाका लागि मन्त्रीसमक्ष हानले अनुरोध गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij