Logo

Jun 26 2025 | २०८२, असार १२गते

Jun 26 2025 | २०८२, असार १२गते

images

तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन , हालसम्म रु आठ अर्ब ५६ करोड  सङ्कलन

तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन , हालसम्म रु आठ अर्ब ५६ करोड  सङ्कलन

  •  

    चौतारा । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवमा रु पाँच अर्ब ५९ करोड सङ्कलन गर्ने लक्ष्य लिएकोमा हालसम्म रु आठ अर्ब ५६ करोड सङ्कलन भइसकेको भन्सार प्रमुख दयानन्द केसीले जानकारी दिनुभयो । 

     

    नाका सञ्चालन भएपछि व्यापार बढेको उहाँले बताउनुभयो । पछिल्लो समय मानिसहरुको आवतजावत बढिरहेको उहाँको भनाइ छ । उहाँले यस भन्सार नाकामा भूकम्प पछिल्लो समय व्यापारिक गतिविधि बढे पनि सडकलगायतका पूर्वाधारमा भने सुधार हुन नसकेको बताउनुभयो ।रासस

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij