Logo

May 15 2024 | २०८१, जेठ २गते

images

वैशाख ११ मा कतारी अमिर नेपाल भ्रमण आउँदै


२०८१, वैशाख ७ शुक्रबार

  • 294
    Shares

  • वैशाख ११ मा कतारी अमिर नेपाल भ्रमण आउँदै

    काठमाडौँ । वैशाख ११–१२ मा कतारी अमिर पहिलो पटक नेपाल भ्रमणमा आउँदैछन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने भए पछि तयारी तीव्र बनाइएको छ । नेपालले कतारसँग नयाँ श्रम सम्झौता गर्ने प्रस्ताव गरेको छ । सन् २००५ मा भएको श्रम सम्झौतालाई समयानुकूल परिमार्जन गर्नुपर्ने भन्दै नेपालले नयाँ श्रम सम्झौताको प्रस्ताव गरेको हो । 

    images

    उक्त प्रस्तावमा दुवै देशका अधिकारीहरूबिच छलफल अघि बढेको छ । गत मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल र नेपालका लागि कतारी राजदूत मिशाल बिन मोहम्मद एल एई अन्सारीबिच भेटवार्ता भएको थियो । उक्त भेटको क्रममा मन्त्री अर्यालले श्रम सम्झौता गर्न नेपाल तयार रहेको सन्देश दिएका दिए । शिष्टाचार भेटमा मन्त्री अर्यालले १९ वर्षअगाडि भएको श्रम सम्झौतालाई परिमार्जन गर्न आवश्यक रहेको बताउँदै त्यसका लागि नेपाल तयार रहेको धारणा राखेका थिए । कतारका अमिर शेख तमिम बिन हमद अल–थानीको नेपाल भ्रमणका क्रममा श्रम सम्झौतामा हस्ताक्षर गर्न नेपाल तयार रहेको मन्त्री अर्यालको आशय थियो । त्यही आधारमा राजदूत अल–थानीले उक्त प्रस्ताव कतार सरकारसमक्ष पेश गरेका छन् । नेपाल र कतारबिच सन् २००५ मा द्विपक्षीय सम्झौता भएको थियो ।
     स्रोतअनुसार अमिर शेखको भ्रमणको क्रममा नेपालले कतारलाई हात्तीका दुईवटा बच्चा दिने तयारी गरिरहेको छ । कतारको चिडियाखानामा राख्नका लागि सो हात्तीको बच्चा दिने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । त्यस्तै दुई देश बिच विकास साझेदारीलगायत एजेन्डामा छलफल भइरहेको छ, नेपालस्थित कतार दूतावासका प्रतिनिधि र परराष्ट्रका अधिकारीहरू भ्रमणको तयारीमा जुटेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अमिर शेख पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् । यसअघि गत नोभेम्बरमा नै नेपाल भ्रमणमा आउने चर्चा चलेको थियो । त्यसको तयारी पनि सुरु भइसकेको थियो । तर अन्तिम समयमा भ्रमण स्थगित गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस