Logo

May 03 2024 | २०८१, वैशाख २१गते

images

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा अधिकांश वाणिज्य बैंकहरूको नाफा १३ प्रतिशत बढीले घट्यो


नया सडक

२०८१, वैशाख ७ शुक्रबार

  • 432
    Shares

  • चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा अधिकांश वाणिज्य बैंकहरूको  नाफा  १३ प्रतिशत बढीले घट्यो

    काठमाडौं । चालु आर्थिक वर्ष २०८०÷८१ को चैत मसान्तसम्मको त्रैमासिक अवधिमा अधिकांश वाणिज्य बैंकहरूको नाफा करिब साढे १३ प्रतिशतले घटेको छ ।माघ फागुन र चैत मसान्तसम्म बैंकहरूको नाफा १३.४७ प्रतिशत घटेर ४० अर्ब ६८ करोड ३० लाख ५२ हजार रुपैयाँ आर्जन भएको हो । 

    images

    गत आवको सोही अवधि चैत मसान्तमा वाणिज्य बैंकहरूको ४७ अर्ब १ करोड ५२ लाख ९३ हजार रुपैयाँ खुद नाफा भएको थियो ।समीक्षा अवधिमा ७ वटा बैंकको खुद नाफा बढेको छ भने १३ वटा बैंकको नाफा ह्रास भएकोे छ । बैंकहरूको खराब कर्जा बढेका कारण नाफामा ठूलो असर भएको देखिएको हो ।

    मौजुदा अर्थतन्त्रमा देखिएको समस्या र उच्च ब्याजदरका कारण ऋणीहरूले समयमा कर्जा नतिरेपछि एनपीएल बढेर गएको बैंकरहरू बताउँछन् । खराब कर्जा अनुसारको रकम प्रोभिजिनिङ गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।कृषि विकास बैंकको ९७.२२ प्रतिशत बढेर २ अर्ब ५ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको २७.७० प्रतिशत बढेर १ अर्ब ६१ करोड रुपैयाँ, प्राइम बैंकको १६.६६ प्रतिशत बढेर २ अर्ब ८७ करोड रुपैयाँ, सिद्धार्थ बैंकको १३.०१ प्रतिशत बढेर १ अर्ब ६८ करोड रुपैयाँ नाफा भएको छ ।

    यसैगरी हिमालयन बैंकको १२.०३ प्रतिशत बढेर १ अर्ब ९४ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबी) बैंकको ७.५२ प्रतिशत बढेर ३ अर्ब २७ करोड रुपैयाँ, एभरेष्ट बैंकको ५.७७ प्रतिशत बढेर २ अर्ब ६० करोड रुपैयाँ नाफा भएको हो ।सिटिजन्स बैंकको १.९९ प्रतिशत घटेर १ अर्ब २१ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६.२४ प्रतिशत घटेर २ अर्ब ४४ करोड रुपैयाँ, प्रभु बैंकको ७.२७ प्रतिशत घटेर १ अर्ब ८१ करोड रुपैयाँ, नबिल बैंकको ८.७५ प्रतिशत घटेर ४ अर्ब ६६ करोड रुपैयाँ, सानिमा बैंकको १५.९० प्रतिशत घटेर १ अर्ब ४३ करोड रुपैयाँ खुद नाफा भएको छ ।

    एनएमबी १६.४३ प्रतिशत घटेर २ अर्ब २४ करोड रुपैयाँ, कुमारी बैंकको १९.११ प्रतिशत घटेर १ अर्ब ५ करोड रुपैयाँ, नेपाल एसबीआई बैंकको ३५.४४ प्रतिशत घटेर १ अर्ब १६ करोड रुपैयाँ, माछापुच्छ«े बैंकको ३६.७२ प्रतिशत घटेर ८५ करोड ५४ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको ५३.३० प्रतिशत घटेर १ अर्ब ९१ करोड रुपैयाँ, नेपाल बैंकको ९२.६७ प्रतिशत घटेर १ अर्ब ३० करोड रुपैयाँ नाफा भएको हो ।

    प्रतिक्रिया दिनुहोस