Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

स्वास्थ्य शिक्षा क्षेत्रमा निजी लगानी गर्न नदिने भनाइको उद्योगी व्यवसायी अगुवाहरूद्वारा प्रतिरोध


नया सडक

२०८१, वैशाख ७ शुक्रबार

  • 291
    Shares

  • स्वास्थ्य शिक्षा क्षेत्रमा निजी लगानी गर्न नदिने भनाइको उद्योगी व्यवसायी अगुवाहरूद्वारा प्रतिरोध

    काठमाडौं । स्वास्थ्य र शिक्षा क्षेत्रमा निजी लगानीलाई प्रोत्साहन गर्न नहुने भनाइको उद्योगी व्यवसायीका अगुवाहरूले प्रतिरोध गरेका छन् ।राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् ।

    images

    फरच्युना हेल्थकेयर उद्योगको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी प्रोत्साहन र लगानी सुरक्षामा सरकारले ध्यान दिनुपर्ने बताए ।स्वास्थ्य, शिक्षा र स्वास्थ्य उपकरण उत्पादनको क्षेत्रमा सरकारले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउँदै अध्यक्ष ढकालले यो क्षेत्रमा निजी क्षेत्रको लगानी प्रोत्साहन गर्न सके राजस्व वृद्धि र मुलुकभित्रै रोजगारी सिर्जना हुने विश्वास व्यक्त गरे ।

    स्वास्थ्य, शिक्षा र मेडिकल क्षेत्रमा निजी क्षेत्रको लगानी वृद्धि गर्न नहुने जिम्मेवार व्यक्तिहरुले भन्ने गरेको भनाइ समयानूकल सही नभएको उनको कथन छ ।अध्यक्ष ढकालले आगामी बजेटमा निजी क्षेत्रले दिएका सुझावहरुलाई सम्बोधन गर्न जरुरी रहेको बताउँदै सरकारको परम्परागत सोचमा परिवर्तन जरुरी रहेको बताए ।

    राजस्व संकलन गरी राज्यले पूर्वाधार बनाउन सक्ने भयो भने सरकारले बनाउने पूर्वाधारमा प्राथमिकता दिनुपर्ने बताउँदै अध्यक्ष ढकालले स्वास्थ्य उपकरण उत्पादनदेखि स्वास्थ्य शिक्षाको क्षेत्रमा निजी क्षेत्रको लगानी प्रोत्साहन गर्ने र लगानी सुरक्षित हुने वातावरण बनाउन सकियो भने राज्यलाई राजस्व बढाउने,रोजगारी सिर्जना गर्ने कायमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस