Logo

May 15 2024 | २०८१, जेठ २गते

images

रासायनिक मल काठमाडौँ ढुवानी


नया सडक

२०८१, वैशाख ७ शुक्रबार

  • 321
    Shares

  • रासायनिक मल काठमाडौँ ढुवानी
    फाइल फोटो

    चौतारा (सिन्धुपाल्चोक)।  चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ धमाधम ढुवानी भइरहेको छ । करिब ११ महिना गोदममा थन्किएको मल आयातकर्ता ट्रान्स सिल्कले आवश्यक प्रक्रिया पूरा गरेसँगै मल काठमाडौँतर्फ ढुवानी भएको हो ।

    images

    कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भएपछि तीन हजार पाँच सय टन मल काठमाडौँ पठाइएको भन्सार कार्यालयले जनाएको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीका अनुसार तीन हजार पाँच सय टन मलमध्ये हालसम्म एक हजार दुई सय टनभन्दा बढी मल जाँच पास भएर काठमाडौँ पुगेको छ । बाँकी मल पनि जाँच पास प्रक्रियामा रहेकाले चाँडै नै काठमाडौँ पुग्नेछ । (रासस)

    प्रतिक्रिया दिनुहोस