Logo

May 03 2024 | २०८१, वैशाख २१गते

images

गोर्खाज फाइनान्सको खुद नाफा ४०.०६ प्रतिशतले घट्यो


नया सडक

२०८१, वैशाख ७ शुक्रबार

  • 438
    Shares

  • गोर्खाज फाइनान्सको खुद नाफा ४०.०६ प्रतिशतले घट्यो

    काठमाडौं ।  गोर्खाज फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा  ५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ४०।०६ प्रतिशत कम हो । चैतसम्म फाइनान्सको इम्पेयरेन्च चार्ज २ करोड १ लाख रुपैयाँ रहेको छ ।  २५ करोड ४७ लाख रहेको खुद ब्याज आम्दानी २३ करोड ५१ लाख रुपैयाँ कायम भएको छ । यस फाइनान्सको निष्क्रिय कर्जा दर ६.७७ प्रतिशत विन्दुबाट बढेर १४.५० प्रतिशत पुगेको छ ।हाल यस फाइनान्सको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार  रुपैयाँ रहेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १५१.७१ रुपैयाँ छ । 

    images

    प्रतिक्रिया दिनुहोस