Logo

May 15 2024 | २०८१, जेठ २गते

images

चैत मसान्तसम्मको वैदेशिक व्यापार स्थितिमा सुधार देखिएन, गत आवको तुलनामा आयात वृद्धि कायमै


नया सडक

२०८१, वैशाख ९ आइतबार

  • 384
    Shares

  • चैत मसान्तसम्मको वैदेशिक व्यापार स्थितिमा सुधार देखिएन, गत आवको तुलनामा आयात वृद्धि कायमै

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिना चैत  मसान्तसम्मको अवस्था गत वर्षको तुलनामा राम्रो नभएको देखिएको छ ।सरकारका पदाधिकारीहरूले विगतमा सूचकहरू राम्रो भएको दाबी गरेपनि वैदेशिक व्यापारको प्रतिवेदनले त्यस्तो नदर्शाएको हो ।साउनदेखि चैत्रमसान्तसम्मको ९ महिनामा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा घटाउनु पर्नेमा त्यो बढेर गएको देखिएको छ ।चालु आवको पहिलो ९ महिना चैत मसान्तसम्म कुल व्यापारमा आयातको हिस्सा प्रतिशत ९१. ११ प्रतिशत रहेको छ । गत आवमा यो ९१.०४ प्रतिशत रहेको थियो ।

    images

    भन्सार विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आयात, निर्यात ,  व्यापार घाटा र कुल व्यापार  गत वर्षको तुलनामा घटेको अवस्था रहेको छ ।
    चालु वर्ष २०८०÷०८१  को चैत मसान्तसम्म आयात ११ खर्ब ६७ अर्ब ३६ करोड ९ ८ लाख ८ हजार रहेको छ भने निर्यात १ खर्ब १३ अर्ब ९४ करोड ६० लाख ७ हजार रहेको छ । सोही प्रतिवेदन अनुसार  व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२करोड ३८ लाख १हजार रहेको छ भने कुल वैदेशिक व्यापार १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख १५ हजार रहेको छ ।

    गत आव  २०७९÷०८०मा  आयात १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख ९१हजार रहेको बेला निर्यात १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख ६२हजार रहेको थियो । यसैगरी सोही अवधिमा व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख २९हजार थियो भने कुल वैदेशिक व्यापार १३ खर्ब १९अर्ब ७८ करोड ८९ लाख ५३ हजार रहेको थियो । सोही प्रतिवेदन अनुसार चालु आवमा कुल व्यापारमा निर्यातको हिस्सा प्रतिशत ८.८९ रहेको छ भने कुल व्यापारमा आयातको हिस्सा प्रतिशत ९१. ११ रहेको छ ।गत आव २०७९÷०८० कुल व्यापारमा निर्यातको हिस्सा प्रतिशत ८.९६ थियो भने कुल व्यापारमा आयातको हिस्सा प्रतिशत ९१. ०४ थियो ।

    प्रतिक्रिया दिनुहोस