Logo

May 15 2024 | २०८१, जेठ २गते

images

चालु आर्थिक वर्षमा  घिउ आयातमा प्रोत्साहन गर्ने सरकारी नीति, गत वर्षको तुलनामा  ८ गुना बढीले आयात


नया सडक

२०८१, वैशाख ९ आइतबार

  • 306
    Shares

  • चालु आर्थिक वर्षमा  घिउ आयातमा प्रोत्साहन गर्ने सरकारी नीति, गत वर्षको तुलनामा  ८ गुना बढीले आयात

    काठमाडौं । सरकारले घिउको आयातमा यो चालुवर्षमा प्रोत्साहनको नीति लिएको देखिएको छ ।अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो देखिएको हो ।

    images

    गत आवमा घिउ आयात गर्दा तोकिने भन्सार मूल्य र असुल गर्ने भन्सार दरको तुलनामा  चालु आवमा ह्रास दरमा आयात गरिएको देखिएको छ ।चालु आवको चैत मसान्तसम्म ८सय ९५ किलो घिउ आयात गरिएको देखिन्छ । त्यसको भन्सार मूल्य ६ लाख ३४ हजार तोकी ३ लाख ७१ ह्जार भन्सार राजस्व असुल गरिएको छ ।

    यस अनुसार प्रति किलो भन्सार मूल्य ७ सय ८ रुपैया ३७ पैसाजति हुन्छ भने भन्सार राजस्व ४सय १५ रुपैयाँ ५२ पैसा लिइएको देखिन्छ ।सोही अवधिमा गत आवमा १सय ८ किलो घिउ आयात भएको देखिन्छ । सो परिमाणको घिउको भन्सार मूल्य ९३ हजार तोकी ५४ हजार भन्सार राजस्व असुल गरिएको देखिन्छ ।

    यस आधारमा प्रति किलो घिउको भन्सार मूल्य ८सय ६१ रुपैया ११ पैसा जति तोकी ५सय रुपैया प्रति किलो भन्सार राजस्व असुल गरिएको देखिन्छ ।
    यसका साथै २०७९÷०८०को एकीकृत भन्सार महसुल घिउका लागि प्रति किलो ६०.७० तोकिएकोमा चालु आव २०८०/०८१मा एकीकृत भन्सार महसुल घटाएर ५९.७० तोकिएबाट पनि  सरकारले घिउको आयातमा प्रोत्साहनको नीति लिएको दिएको हो । यसबाट गत आवको तुलनामा चालु आवमा आठ गुनाले बढी आयात भएको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस